दफा २०
निलम्बन वा विघटन गर्न सकिनेः

(१)परिषद्सँग आवद्ध भएका वा परिषद् मार्फत आर्थिक सहयोग प्राप्त गरेका कुनै सामाजिक संघ संस्थाको कार्य समितिले प्रचलित नेपाल कानुन वा आफ्नो विधान विपरीत काम गरेमा त्यस्तो कार्य समितिलाई परिषद्को सिफारिसमा नेपाल सरकारले तोकिएको अवधिसम्म निलम्बन गर्न वा विघटन गर्न सक्नेछ ।
तर त्यसरी निलम्बन वा विघटन गर्नु अघि त्यस्तो कार्य समितिलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिईनेछ ।

(२) उपदफा (१) बमोजिम कुनै सामाजिक संघ संस्थाको कार्य समिति निलम्बन भएमा निलम्बन फुकुवा नभएसम्म र विघटन भएमा नयाँ कार्य समिति गठन नभएसम्म त्यस्तो संघ संस्थाको कार्य सञ्चालन गर्न नेपाल सरकारले सो संघ संस्थाको साधारण सदस्यहरू मध्येबाट एउटा तदर्थ समिति गठन गर्न सक्नेछ ।

(३) उपदफा (१) बमोजिम कुनै सामाजिक संघ संस्थाको कार्य समिति विघटन भएको कारणबाट उपदफा (२) बमोजिम गठित तदर्थ समितिले त्यसरी गठन भएको मितिले तीन महिनाभित्र त्यस्तो संघ संस्थाको विधान बमोजिम नयाँ कार्य समिति गठन गर्नु पर्नेछ ।